Logo
८ माघ २०८२, बिहीबार

जनार्दन शर्मालाई विमानस्थलमा फूलमाला होइन कालो झण्डा

अक्षरपाटी
२०८२ मंसीर २१ , आईतबार १२:१२ मा प्रकाशित

काठमाडौं। एक समय थियो- जनार्दश शर्मा भनेपछि समर्थक र कार्यकर्ताहरुले तामझामसहित स्वागत गर्थे।

जुन जिल्लामा पुग्यो त्यही जिल्लाको मौलिक साँस्कृति झाँकीले स्वागत गरिन्थ्यो। तर पछिल्लोपटक आइतबार गृहजिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई कालो झण्डा देखाएर विरोध गरिएको छ।

पुष्पकमल दाहाललले माओवादी पार्टी नै निमिट्यान्न पारेर अरु दलमा मिस्याएपछि प्रगतीशील लोकतान्त्रिक पार्टीबाट राजनीति थालेका शर्मालाई पुरानो माओवादी केन्द्रका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका हुन्।

रुकुम पश्चिमको जिल्ला सदरमुकामा रहेको सल्ले विमानस्लबाट शर्मा निस्कँदै गर्दा उनलाई फूलमालाको स्वागत होइन, कालो झण्डा देखाएर विरोध गरिएको थियो।

प्रलोपाले आयोजना गरेको युवा भेलामा सहभागी हुन र जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्न आफ्नै ठाउँ पुगेका शर्मालाई कालो झण्डा देखाइएको हो।

उसो त मुलुकमा मौलाएको भ्रष्टाचार र व्यथितिका विरुद्ध जेनजी आन्दोलनपछि कैयौँ नेताहरु जनताबाट अस्वीकृत हुँदै गएका छन्।