Logo
६ पुस २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई मत दिने सवालमा माओवादी केन्द्र दुई ध्रुबमा

अक्षरपाटी
२०७९ फागुन २१ , आईतबार ०९:०३ मा प्रकाशित

धनगढी २१ फागुन। सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्दैगर्दा सत्ताघटक दल माओवादी केन्द्र दुई ध्रुबमा विभाजित देखिएको छ।

माओवादी केन्द्रका सुदूरपश्चिम ईञ्चार्ज तथा प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट
निर्वाचनका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई मुख्यमन्त्री बनाउन दिएको वचन पुरा हुनुपर्ने अडानमा छन्।

उनी पक्षधर नेताहरु आलोपालो र मन्त्रालय भागबण्डाको लिखित सहमति नभएसम्म विश्वासको मत दिन नसकिने निर्णयमा पुगेका छन्।

प्रदेश सरकारको नेतृत्व गरेका काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह भने पार्टी केन्द्रसँग छलफल नगरी प्रदेशस्तरमै कुनै निर्णयमा पुग्न नसकिने मनस्थितमा छन्। तर उनी विश्वासको मत पाउनेमा ढुक्क छन्।

तर माओवादी केन्द्र नै मत दिने र नदिने विषयमा विभाजित देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी बुहारी बिना मगरलगायतका केही नेताहरु भने खगराज भट्टलाई पेलेरै जानुपर्ने अडानमा देखिएका छन्।

उनीहरुले मत दिने वाचाअनुरुप अन्य सदस्यले पनि दिने विश्वास व्यक्त गर्दै नागरिक उन्मुक्ति पार्टी र समाजवादीलाई समेत बाहिर राखेर सरकार बनाउनका लागि कांग्रेसलाई सुझाइरहेको बुझिएको छ।

तर त्यसो गर्दा फागुन २५ गने तय भएको राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा माहोल बिग्रने भय कांग्रेलाई भएकाले बिनासमूहको सल्लाह घातक हुने एकथरीको बुझाइ छ।

सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। काँग्रेससंग १९ र माओवादी केन्द्रसंग ११ जना सांसद छन्। दुबै पार्टी मिले भने मात्र पनि बहुमत त पुग्छ तर खगराजको अडानले मत पाउने सुनिश्चितता भने भइसकेको छैन।

सुदूरपश्चिम प्रदेश सरकार