Logo
२९ चैत्र २०८१, शनिबार

हिंसा- लोकतन्त्र, एकता र सद्भावका लागि ठूलो खतरा : कांग्रेस सभापति देउवा

अक्षरपाटी
२०७९ फागुन २४ , बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं २४ फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आवश्यक भएको बताएका छन्।

उनले महिला अहिले दूर दराजका महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको बताउँदै हिंसा नै मुलुकको आर्थिक प्रगतिको ठूलो वाधक भएको बताए।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीहरुमा शुभकामना प्रकट गर्दै उनले भनेका छन्, ‘हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो। प्रगतिको सबैभन्दा ठूलो बाधक हो। सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा नै हो।’

सभापति देउवाले नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने पनि उल्लेख गरेका छन्। महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ विश्वास समेत उनको छ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गरेको स्मरण गर्नै उनले भनेका छन्, ‘म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु। आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धन लागि पनि महिला दिदी बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिएको छु।’

शेरबहादुर देउवा