Logo
२६ जेठ २०८३, मंगलबार

बलदेव थापाको नयाँ गीत ‘तिमीलाई देखेपछि’ सार्वजनिक

अक्षरपाटी
२०८२ पुस १७ , बिहीबार १०:०१ मा प्रकाशित

काठमाडौं । बैंकर तथा गीतकार बलदेव थापाको नयाँ गीत ‘तिमीलाई देखेपछि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा बबिना भट्टराई र प्रताप दासको सुमधुर स्वर रहेको छ।

गीतमा बबिना भट्टराईकै संगीत रहेको छ भने पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन्। प्रेमिल भावनामा आधारित यस गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।

गीतकार थापाका यसअघि पनि दर्जनौं गीत तथा गजलहरू प्रकाशित भइसकेका छन्। उनका सिर्जनाहरू प्रेम, सामाजिक चेतना हुँदै देशप्रेमसम्म फैलिएका छन्।

म्युजिक भिडियोमा गायक–गायिका बबिना भट्टराई र प्रताप दास स्वयंले अभिनय गरेका छन्। भिडियोको निर्देशन एजे अजुले गरेका हुन् भने छायांकन पनि उनकै रहेको छ। भिडियोलाई मिनबहादुर रावलले सम्पादन गरेका छन्।