काठमाडौं । आज बिहानैदेखि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल व्यस्त छन्।
बिहीबार भएको राष्ट्रपति निर्वाचनबाट विजयी भएपछिको पहिलो दिन उनले आज विहान ८ बजे सभामुख देवराज घिमिरेलाई भेटेका छन् भने त्यसलगत्तै गुहेश्वरी मन्दिर दर्शन गरेका छन्।
साढे आठ बजे गुहेश्वरी मन्दिरको दर्शनलगत्तै पोडेलले ९ बजे पशुपति दर्शन गर्ने कार्यक्रम बनाएको उनको सचिवालयले जनाएको छ।
नवनिर्वाचित राष्ट्रपति पौडेल आजै ११ बजे वीपी संग्रहालय सुन्दरीजल पुग्ने बताइएको छ। सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।
सन्दरीजल प्रजातान्त्रिक लडाइका क्रममा वीपीलगायत लोकतन्त्रवादी तमामौँ नेताहरुले लामो समय जेलजीवन विताएको स्थल हो।
रामचन्द्र पौडेल