काठमडौं ५ फागुन। करिब डेढ दशकपछि आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदात हुँदैछ।
त्रिभुवन विश्वविद्यालयसहित ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदात गरिरहेका छन्।
केही क्याम्पसमा भने विवाद र झडपका कारण मतदात हुन सेकेको छैन।
काठमडौंको आर आर क्याम्पस, अमृत साइन्स क्यापस, पशुपति क्याम्पस र कोटेश्वर क्याम्पसमा चुनाव स्थगित भएको छ भने राजधानीका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पुल्चोक क्यापस, थापाथली क्याम्पस, शंकरदेव, ल क्याम्पस, पदमा क्यन्या क्याम्पसमा मतदान सुरु भएको छ।
बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्नेछ।
अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेको छ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ देखि हुन सकेको थिएन।
स्ववियु निर्वाचन