Logo
२ माघ २०८१, बुधबार

बार्सिलोनासँग रियल पराजित

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०८:०३ मा प्रकाशित

एजेन्सी । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । आइतबार राती भएकाृे एल क्लासिकोमा बार्सिलोनाले रियललाई २–१ गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट रियलले अग्रता बनायो । ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

८१औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेपछि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुक्यो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा फ्रान्क केस्सी गोल गरे । उनले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए ।

यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।