हेटौंडा ८ चैत। माग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आज दोस्रोपटक विश्वासको मत लिँदैछन्।
यसअघि सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पाटीले समर्थन फिर्ता लिएपछि उनी आज विश्वासको मत लिन लागेका हुन्।
आज दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि उनलाई दुईतिहाइभन्दा बढी सांसदले विश्वासको मत दिएका थिए। आज उनलाई राप्रपाले विश्वासको मत नदिने भने पनि यसअघि विश्वासको मत दिएको एमाले भने अझै अनिर्णित छ।
माओवादी केन्द्रका मुख्यमन्त्री जम्मरकट्टेललाई मत दिने कि नदिनेबारे एमालेले अहिलेसम्म निर्णय गरेको छैन।
गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए।
शालिकराम जम्कट्टेल