Logo
८ वैशाख २०८१, शनिबार

नागरिकको बोल्न पाउने अधिकार कुण्ठित गर्न पाइँदैन : सांसद विमला

अक्षरपाटी
२०७९ चैत्र ८ , बुधबार ०२:०३ मा प्रकाशित

कामाडौं। सांसद विमला राई पौड्यालले लोकतन्त्रमा नागरिकको बोल्न पाउने अधिकार हनन् गर्न नपाइने बताइन्।

राष्ट्रियसभाको बैठकमा सांसद सांसद विमला राई पौड्यालले हिँजो प्रहरीले नयाँ वानेश्वरमा गरेको दमनप्रति लक्षित गर्दै उनले भनिन्, ‘नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक र अधिकारमाथि प्रहरीले दमन गर्न पाइँदैन, त्यस्तो व्यवहारबारे गृह मन्त्रालयले उचित जवाफ दिनुपर्छ।’

मंगलबार चर्को ब्याजदरको विषयलाई लिएर नयाँ वानेश्वरमा केही नागरिकले सरकारविरुद्ध नारा लगाएका थिए।

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समाजमा छोरी असुरक्षित भएको, मानव तस्करको कब्जामा परिरहेको सवाल समेत उठाएका थिए।

सांसद अनिता देवकोटाले छोरीहरु समाजमा असुरक्षित रहेको, उनीहरुको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकाले यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताइन्।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथितिलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानकर्षण गराए।

त्यस्तै सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्बासीको समस्या विकराल रहेको भन्दै उनीहरुको समस्या समाधान गर्नुपर्ने बताए।