Logo
२० वैशाख २०८१, बिहीबार

धनगढीमा ‘विश्व नेपाली नारी साहित्य महोत्सव’

अक्षरपाटी
२०७९ चैत्र ८ , बुधबार ०९:०३ मा प्रकाशित

धनगढी ८ चैत। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुन गइरहेको ‘विश्व नेपाली नारी साहित्य महोत्सव’को तयारी पुरा भएको छ।

चैत १० देखि १३ गतेसम्म सञ्चालन हुने महोत्वसमा देशभरका सयौँ साहित्यकार, लेखक, पत्रकार तथा साहित्यानुरागीको उपस्थिति हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए।

चैत १० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने साहित्य महोत्सवमा विभिन्न साहित्यिक छलफल सत्रहरु हुनेछन्।

उद्घाटन सत्रमा सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री कमल शाह, पूर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउद, कर्ण थापालगायतको उपस्थिति हुनेछ।

साहित्यिक र वौद्धिक सत्रहरुमा विभिन्न विधा र विषयमाथि विमर्श हुने महोत्सवका निर्देशक रामलाल जोशीले बताए। पहिलो सत्र भने ‘परिवर्तनका कुराः कति पुरा, कति अधुरा’ विषयमा प्रधानमन्त्री दाहाल वक्ताका रुपमा बोल्ने कार्यक्रम छ।

साहित्य समाजले आज पत्रकार सम्मेलन गरि महोत्सवको तयारी लगभग पूरा भएको जानकारी गराएको छ।

महोत्सवका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्रताका साथ भइरहेको कार्यक्रमका संयोजक यज्ञराज उपाध्यायले बताए।

महोत्सवमा देश र विदेशबाट गरी करिब दुई सय साहित्यकारको सहभागिता रहने छ।

कार्यक्रममा सम्मान, पुरस्कार वितरण गरिनुका साथै काली कर्णालीको साहित्यिक र साँस्कृतिक विषयमा गहन छलफल हुनेछ।

कार्यक्रममा छलफल सत्रसँगै यहाँका प्रतिभालाई थप उजागर गर्न काव्य आराधना, गजल सन्ध्या तथा डेउडा खेलसमेत प्रस्तुत गरिने समाजका महासचिव गणेश नेपालीले बताए।

सुदूरपश्चमाजञ्चल साहित्य समाज