काठमाडौं । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डामा कुरा मिलेको छ ।
गठबन्धन दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी मन्त्रालय पाउने भएको छ। कांग्रेसले ८ मन्त्रालय लिने गठबन्धन दलको बैठकमा सहमति भएको छ।
त्यस्तै सरकारको नेतृत्वकर्ता नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको प्रधानन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने भागबन्डामा सहभागी गराएको छैन। जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई दुई दुई मन्त्रालय दिने सहमति भएको छ।
त्यस्तै जनमत, नागरिक उन्मुक्ति, आम जनता र नेपाल समाजवादी पार्टीलाई एक एक मन्त्रालय दिइने भएको छ। आज भागबन्डा मिलेका कारण भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने भएको छ।