काठमाडौं। नेपाली कांग्रेसबाट मन्त्री बन्ने पक्कापक्कीजस्तै भएकामध्ये चार जनाको नाम काटिएको छ।
बिहीबारदेखि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट बधाइ र शुभकामना दिइएकामध्ये चार जनालाई मात्र नेपाली कांग्रेसले मन्त्री बनाउन नाम पठाएको हो।
शेखर कोइराला समूहले ३ मन्त्री नपाएसम्म नमान्ने अडान लिएपछि पार्टी सभापति शेरबहादुर देउवाले ४ निकटका चार जनाको नाम पठाएर ४ जनाको नाम काटेको पार्टी स्रोतले बतायो।
कांग्रेसबाट पहिलो चरणमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन्, त्यस्तै प्रशाशसरण महत अर्थमन्त्री बनेका छन्। रमेश रिजाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मा दिइएको छ भने सीता गुरुङ बनिन् सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन्।
हिजोदेखि मन्त्री बन्ने चर्चामा रहेका र शुभचिन्तकले विभिन्न माध्यमबाट शुभकामना दिइएका धनराज गुरुङ, एनपी साउँद, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूको नाम भने हटाइएको छ।
अन्य पार्टीबाट पनि मन्त्री नियुक्त भएकाहरु सबैको सपथ ग्रहणको कार्यक्रम आज ३ बजे शितलनिवासमा हुनेछ।