Logo
२६ वैशाख २०८१, बुधबार

मिटरब्याजी पीडितले प्रधानमन्त्री निवासमा गरे प्रवेश

अक्षरपाटी
२०७९ चैत्र १८ , शनिबार १०:०४ मा प्रकाशित

काठमाडौं । मिटरब्याज पीडितहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।

केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितहरुले आज प्रधानमन्त्री निवासमा प्रवेश पाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर पुगेका हुन् ।

प्रधानमन्त्री निवास प्रवेश गर्दा पनि उनीहरूले मिटरब्याजी पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गरेका थिए ।

सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ ।

पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।