Logo
६ पुस २०८१, शनिबार

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि ३४ आरोप, प्रहरी हिरासतमा

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०७:०४ मा प्रकाशित

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्पति डोनाल्ड ट्रम्प न्युयोर्कको अदालतमा आत्मसर्पण गरेका छन्।

उनले अदालतमा आफूमाथि लागेका ३४ आरोप अस्वीकार गरे। ट्रम्म टावरबाट कडा सुरक्षाकाबीच अदालत पुगेका उनलाई प्रहरीले हिरासतमा लिएको बीबीसीले उल्लेख गरेको छ।

ट्रम्पले सन २०१६ को चुनाव प्रचारका दौरान पोर्न स्टार डेनियल्सलाई चुप लगाउन ठूलो रकम दिएको आरोपमा अपराधिक मुद्दा दायर भएको थियो।

उनीमाथि गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न उक्साएको लगायतका आरोप लागेका छन्।

ट्रम्प आपराधिक मुद्दा खेप्ने अमेरिकाका पहिलो पूर्व राष््ट्रपति हुन्।

 

डोनाल्ड ट्रम्प