Logo
२६ वैशाख २०८२, शुक्रबार

विश्व हिन्दू महासंघको अध्यक्षमा रामचन्द्र

अक्षरपाटी
२०७९ चैत्र २३ , बिहीबार ०२:०४ मा प्रकाशित

बुटवल। विश्व हिन्दू महासंघको अध्यक्ष पदमा रामचन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

बुटवलमा सम्पन्न आठौँ केन्द्रीय महाधिवेशनले अधिकारीलाई निर्विरोध चयन गरेको हो।

गौतमवुद्धको पावन भूमीमा सम्पन्न महाधिवेशनबाट महासंघको उपाध्यक्ष पदमा पुनः ज्योत्सना साउँदलाई चयन गरिएको छ।

नयाँ कार्य समितिमा सम्पूर्ण पदाधिकारीलाई चयन गरेकोमा अध्यक्ष अधिकारीले आभार व्यक्त गरेका छन्।

पुनः उपाध्यक्ष पदमा निर्वाचित भएपछि आफू वैदिक सनातन धर्म रक्षार्थ थप उर्जाका साथ क्रियाशील रहने उपाध्यक्ष साउँदले बताइन्।