

एजेन्सी। भारतको गोवास्थित एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ
शनिबार राति अबेर उक्त क्लबमा सिलिन्डर ग्याँस विष्फोट भएर सो घटना भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
मृत्यु हुनेमा अधिकांश क्लबकै कर्मचारीहरू भएको प्रहरीले जनाएको छ। तीन महिला र केही पर्यटकहरूको पनि शव फेला परेको छ।
राति नै गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलगायत सरकारी अधिकारीहरू घटनास्थल पुगेका थिए।




