Logo
३० चैत्र २०८२, सोमबार

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरि पक्राउ

अक्षरपाटी
२०७९ चैत्र २८ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं। जिल्ला अदालत कपिलवस्तुमा कार्यरत न्यायाधीश भुवन गिरि वैवाहिक बलात्कार आरोपमा पक्रउ परेका छन्।

गिरीलाई प्रहरीले आज सामाखुसीबाट पक्राउ गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले जनाएका छन्।

पत्नी आरती गिरि रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्।

गिरिलाई अनुसन्धान र कारबाहीका लागि कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले बताए।