धनगढी। आज नयाँ वर्ष २०८० । सुदूपश्चिमका ग्रामीण भेगमा आज पनि सिस्नो खेलेर नयाँ वर्ष मनउने चलन छ।
विशेषगरी देवर भाउजु, नन्द भाउजु, साली भिनाजु, फुपू सालीहरुबीच सिस्नो पानी छ्यापेर बिसु पर्व मनाउने चलन छ।
हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनउँदै आएका छन्।
यो पर्व मनाउन देश, विदेशमा रहेका सुदूरपश्चिमबासी घर फर्कने गर्छन।
नयाँ वर्षको दिन सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै शिष, रोग लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता छ।