Logo
२२ वैशाख २०८१, शनिबार

बालेनविरुद्धको रिटमा सुनुवाइ आज

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार १०:०४ मा प्रकाशित

काठमाडौं। संघीय सरकारले काठमाडौं महानगरपालिकालाई व्यथिति व्यवस्थापनमा साथ नदिएको भन्दै मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरे।

लामो समयदेखि सिंहदरबारको फोहोर नउठाइएको विषयलाई लिएर उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर शाहविरुद्ध परेको रिटमा आज सुनवाई हुन लागेको हो।

महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै
तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नुपर्नेलगायतका माग गर्दैै अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Balen बालेन शाह