Logo
२३ असार २०८३, मंगलबार

आजबाट चुनावी प्रचार गर्न नपाइने, रातिबाट मौन अवधि सुरु

अक्षरपाटी
२०८० वैशाख ७ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। आसन्न उपनिर्वाचनका लागि आज चुनावी प्रचारप्रसारको अन्तिम दिन।

आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुने भएकाले त्यसपछि प्रचारप्रसार गर्न पाइने छैन।

निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो।

आयोगका अनुसार १२ बजे रातिपछि कुनै पनि प्रचारप्रसारका गतिविधि गर्न पाइने छैन। त्यस्तो पाइएमा कारबाही हुनेछ।

वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।