Logo
११ वैशाख २०८१, मंगलबार

आज विश्व प्रेस स्वातन्त्रता दिवस

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं। मे ३ तारिख । आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइँदै छ।

आजको दिन पत्रकार जगतले आफ्नो हक, हितका लागि संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको दिनका रुपमा मनाइन्छ।

आज पत्रकार महासंघले देशैभर विभिन्न कार्यक्रम गरि मनाउँदै छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिएका छन्।

उनले आजको दिनलाई एतिहासिक दिन भएको भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीहरुमा शुभकामना र बधाई दिएका छन्।

उनले भनेका छन्, ‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु।’

उनले प्रजातन्त्रको स्थापनासँगै देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको पनि स्मरण गरेका छन्।

उनले स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

ुनेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रिकारिताको प्रवद्र्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संचार माध्यमहरुमा संचारकर्मीहरुको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैं लड्दै आएको छ,ु उनले भनेका छन्,’जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु।’