Logo
७ मंसीर २०८३, सोमबार

भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत

अक्षरपाटी
२०८३ मंसीर ७ , सोमबार ११:११ मा प्रकाशित

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारतको राष्ट्रपति भवनमा विशेष समारोहका बीच स्वागत गरिएको छ।

समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यस अवसरमा भारतीय सेनाको टुकडीले शाहको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

स्वागत समारोहमा नेपालका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डेसहित दुवै देशका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।

राष्ट्रपति भवनमा सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गरेका छन्।

प्रधानमन्त्री बालेन शाह भारत भ्रमण

ट्रेन्डिङ ( साप्ताहिक )