Logo
२३ पुस २०८१, मंगलबार

पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव पक्राउ

अक्षरपाटी
२०८० वैशाख २७ , बुधबार १०:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँणलाई प्रहरीले उनको निवाश मैजुबहालबाटै पक्राउ गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्। केसीलाई जडिबुटीबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना पक्राउ परिसकेका छन्। यसअघि पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ, सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वर्गहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र सागर राई पक्राउ परिसकेका छन्।

प्रकरणमा नाम मुछिएका कसैलाई पनि कुनै दबाबमा नछोड्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउँदै आएका छन्।

प्रकरणमा मुछिएर पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री एवं एमालेका सचिव टोपकहादुर रायमाझी भने फरार छन्। अन्य दलका पनि केही नेताहरुको नाम प्रमरणमा मुछिएको छ।