Logo
१८ पुस २०८१, बिहीबार

पूर्वप्रधानमन्त्री खान पक्राउ परेसँगै पाकिस्तानमा हिंसा भड्कियो

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ०९:०५ मा प्रकाशित

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीसँगै देशव्यापी प्रदर्शन सुरु भएको छ।

खानको गिरफ्तारीविरुद्ध भड्किएको हिंसाका कारण अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ए हजार भन्दा बढी मानिस पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

खानले प्रधानमन्त्री हुँदा उपहार पाएका बहुमूल्य वस्तु हिनामिना गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए। खानले आफूविरुद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा आफू निर्दोष भएको बताउँदै आएका छन्।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार राति देशबासीका नाममा सम्बोधन गर्दै संयमित हुन अपिल गरेका छन्।

उनले सिंहात्मक प्रदर्शन गरे कडभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्।