Logo
१४ वैशाख २०८१, शुक्रबार

जेष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षामा २३ अर्ब बढाएर बजेट बिनियोजन

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०७:०५ मा प्रकाशित

काठमाडौं। केही समयअघि जेष्ठ नागरिकको भत्ता कटौतीको हल्ला गरिए पनि सरकारले आगामी आर्थिक वर्षका लागि जेष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि गत वर्षको भन्दा २३ अर्ब बढाएर रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि जेष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षा कार्यक्रमका लागि १ अर्ब, ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा यो गत वर्षको भन्दा २३ अर्ब बढी रकम हो। चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई दिइँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ।

६० वर्ष पुरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ।

छात्रवृत्ति, स्वास्थ्य बीमा, स्वास्थ्योपचारलगायतका क्षेत्रमा प्रदान गरिँदै आएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

बजेट सामाजिक सुरक्षा भत्ता