Logo
६ मंसीर २०८३, आईतबार

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

अक्षरपाटी
२०८३ मंसीर ६ , आईतबार ११:११ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले शनिबार उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएसँगै यादवले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

डा. सुरेन्द्रलाल कर्ण मधेश प्रदेश