Logo
२० वैशाख २०८१, बिहीबार

बरु सरकार छाड्छौँ, यथास्थितिमा बजेट पास हुन दिदैनौँ : समाजवादी

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०३:०६ मा प्रकाशित

काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास हुन नदिने बताएको छ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका हुन्।

आज काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनमा सम्बोधन गर्दै उनले बजेट असमान र अन्यायपूर्ण भएकाले यथास्थितिमा कुनै पनि हालतमा पास नहुने स्पस्ट पारे।

‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजको जनता २०४८ सालको होइन। अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन’, उनले भने।

उनले डडेलधुरा ११० करोड, गोरखाका लागि ५५ करोड र ७०–७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए।

एकीकृत समाजवादी बजेट