Logo
७ वैशाख २०८२, आईतबार

आईसीसी छनोटमा आज नेपालले नेदरल्याण्डससँग अभ्यास खेल खेल्दै

अक्षरपाटी
२०८० जेठ २७ , शनिबार ११:०६ मा प्रकाशित

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेल नेदरल्याण्डससँग खेल्दैछ।

गत बिहीबार भएको पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग नेपाल ७ बिकेटले पराजित भएको थियो।

दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भए पनि नेपालमा भएको खेलमा भने नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो।

जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ। जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो।

जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता छ। जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्ड्स र जिम्बाबे रहेका छन्।

समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्।

नेपाल दुई सातापछि जिम्बावेमा हुने आईसीसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा छ।