Logo
२३ वैशाख २०८१, आईतबार

बजेटमाथि उठेका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने

अक्षरपाटी
२०८० जेठ २९ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं। जेठ १५ गते पेश भएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको आज अर्थमन्त्री प्रकाशशरण महतले जावाफ दिनेछन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूची छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि पेश भएको बजेटमा छलफल सुरु भएको थियो।

आइतबार बजेटमाथिको छलफल सकिएको हो। बजेटलाई लिएर सत्तापक्षकै सांसदहरुले विभिन्न टिप्पणी र असहमति जनाएका छन्। उनीहरुले छलफललाई कर्मकाण्डी मात्रै नबनाएर उठेका सवालहरु समेटिनुपर्ने भन्दै आएका छन्।

आज अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ।

बजेट