Logo
१८ वैशाख २०८१, मंगलबार

ओखलढुंगाको चम्पादेवीमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु

अक्षरपाटी
२०८० असार ८ , शुक्रबार १२:०६ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ गरुङ बस्तीमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको छ।

बिहीबार राति गएको पहिरोले करिब २५ घर बगाएको छ। पहिरोमा पर ि२० भन्दा बढी पशुचौपाया समेत बेपत्ता भएको स्थानीय बासिन्दाले बताए।

पहिरोमा ज्यान गुमाउने एकै परिवारका रहेको बताइएको छ। मृत्यु हुनेमध्ये बाबु, आमा र १८ महिने बालिकाको शव निकालिएको र १० वर्षे बालकको शव निकाल्ने प्रयास भइरहेको स्थानीय जनप्रतिनिधिले बताए।

बिहीबार राति नै नेपाल प्रहरी, शसस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका थिए।

ओखलढुंगा बाढीपहिरो