Logo
७ वैशाख २०८२, आईतबार

स्पोर्टस अवार्डः सिराज ईन्टरनेशनलको साथ

अक्षरपाटी
२०८० असार १२ , मंगलबार ०६:०६ मा प्रकाशित

धनगढी १२ असार। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई धनगढीको सिराज ईन्टरनेशनलले साथ दिएको छ।

असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा सिराज ईन्टरनेशनलले साथ दिएको हो।

सिराज ईन्टरनेशनलका प्रबन्ध निर्देशक सुरज चन्द र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सिराज ईन्टरनेशनल सिजी ग्रुपको आधिकारिक बिक्रेताको रुपमा नेपाल आईस, सेतो बाघ भोड्का र डाबरको रियल जुसको सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक विक्रेता हो।

सिराज ईन्टरनेशनलका प्रबन्ध निर्देशक चन्दले सामाजिक उत्तरदायित्व वहन गर्दै खेलकुद क्षेत्रलाई सहयोग गरेर साथ दिएको बताए।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन सार्वजनिक गरिएको छ।

अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमीले गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल छ।

सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड र क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) रहेका छन।

युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, बर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुूुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ।

अवार्डको ट्रफी सुुदूरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ।