Logo
१४ पुस २०८१, आईतबार

प्रतिनिधिसभा बैठक, आज बजेट पारितका लागि प्रस्ताव पेस हुने

अक्षरपाटी
२०८० असार १३ , बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौं १३ असार। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। आज बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

अन्तिममा अर्थ मन्त्री प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उनले ‘आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव, ‘आर्थिक विधेयक, २०८०’ माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बजेट आजै पास गर्ने तयारीका साथ सत्तारुढ दलहरूले आ आफ्नो पार्टीमा ह्विप लगाएका छन्।