काठमाडौं,२१ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी प्रश्नोतरमा मन्त्री महतले कोरोना र बाह्य परिवेशको अवस्थापछि अहिले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका हुन् ।
उनले लगानीलाई सहज गर्न मौद्रिक नीतिमार्फत् सरकारले सम्पूर्ण प्रयास लगाउने र सकारात्मक सोचको प्रारम्भ गर्न जरुरी रहेको बताए । अहिले गत वर्षको तुलनामा राजस्वमा सुधार देखिएको दावी गरे। अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए।
उनले कर्मचारी,शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानुन रहेको र सोहीअनुसार ट्रेड युनियन गठन भएको पनि बताए।