Logo
२६ पुस २०८१, शुक्रबार

सुन तस्करी प्रकरणमा सीआईबीको प्रतिवेदन, ३ अर्ब ५० करोडभन्दा बढी बिगो माग

अक्षरपाटी
२०८० भदौ २७ , बुधबार ०६:०९ मा प्रकाशित

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गरेको छ ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गरेको छ। त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको हो।

पछिल्लो समय विभिन्न माध्यमबाट ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको सीआईबीले दाबी छ। यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन प्रतिवेदनमा राय दिइएको छ।

सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गरेको हो।

यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन्। ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ। १८ जना फरार छन्। फरारमध्ये १४ जना विदेशी हुन्।