Logo
११ पुस २०८१, बिहीबार

एनआरएनएको चुनावमा ‘सिस्टम’ हृयाक गरेर धाँधली !

अक्षरपाटी
२०८० कात्तिक ३ , शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको चुनावमा धाँधली भएको बलियो प्रमाण भेटिएको छ । अनलाइन भोटिङमा धाँधली गरेर अध्यक्षमा बद्री केसी विजयी भएको घोषणा गरिएको भन्ने प्रतिस्पर्धी दाबीलाई बल प्रदान गरेको छ ।

घोषणा गरिएको मत परिणामअनुसार बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको देखाएको छ । यो फेक भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

सिस्टममै धाँधली भएको प्रमाण महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएको छ । जबकी उनलाई सबैभन्दा बढी मत खसेको दाबी गरिएको छ ।

काठमाडौंबाट ८०० भन्दा धेरैले मत खस्दा एक मत पनि नखस्नु भनेको धाँधली भएको नै भएको पौडेलले दाबी गरेका छन् ।

त्यसैगरी अध्यक्षका प्रत्यासी आरके शर्माले केसीले सिस्टम ह्याक गरी आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । उनले संघको शून्यमा पुगेको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए ।

अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै गम्भीर छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

पराजित मात्रै होइनन् उपाध्यक्षमा विजयी खगेन्द्र न्यौपानेले पनि चुनावमा धाँधली भएको बताए । निष्पक्ष देखाउन आफूलाई जिताइएको बताउँदै स्वीकार नहाने भन्दै निष्पक्ष छानविनको माग समेत गरे ।

योसँगै एनआरएनए बद्री समूहको औचित्य समाप्त भएको दाबी गरिएको छ । अब यो दुई समूहमा विभाजन हुन सक्ने बताइएको छ ।

पराजित बनाइएका आरके र महेश पक्षबीच अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल सुरु भएको छ ।
धाँधलीको निष्पक्ष छानविन नगरिए अर्को कार्यसमिति गठन गर्ने सम्मको छलफल भएको छ ।

केसीले सिस्टम ह्याक गरेरै भएपनि आफूलाई विजयी घोषणा गर्ने विनोद कुँवर पक्षले लगाएको आरोप पुष्टि भएको छ।

सो पक्षका दिपेश खत्रिले अनलाइन भोटिङ सिस्टम केसीकै पहुँचमा रहेको उनले आफ्नो अनुकुलताको परिणाम सार्वजनिक गर्ने दाबी गर्दै आएका थिए ।  

केसीले भेरो नामक अनलाइन सिस्टम नै ह्याक गरेर आफूलाई विजयी घोषणा गर्न लगाएको आरोप लागेसँगै निष्पक्ष निर्वाचनमाथि नै प्रश्न उठेको छ ।

चुनाव जित्नेको लागि धाँधलीको आरोप अहिलेमात्रै होइन केसी उपाध्यक्ष र महासचिव हुँदादेखि नै  उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

केसीले महासचिवमा आफू निकट गौरीराज जोशी निर्वाचित गराएका छन् ।