Logo
१० पुस २०८१, बुधबार

देशको अर्थव्यवस्थाले धान्न सक्दैन, प्रदेश खारेज गर्नुपर्छः केसी

अक्षरपाटी
२०८० पुस ३ , मंगलबार ०४:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असाध्यै अर्चिलो भएकाले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

मंगलबार बुटवल पुगेका केशीले संघीय प्रणाली मुलुकको अर्थतन्त्रले धान्न नसक्ने भएकाले यो प्रणाली खारेज गर्नुपर्ने बताएका हुन। उनले यो प्रणाली बोक्नुमा नेताहरु मात्रै नभइ नेपाली जनता पनि दोषी रहेको बताए।

संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्री पाल्नुपरेको बताउँदै उनले सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेला यति धेरै सांसद र मन्त्रीलाई कसरी पाल्न सक्छ भनेर प्रश्न पनि गरे।

उनले भने, ‘छिमेमा ठूला देश छन्, त्यसकारण मुलुक आफ्नो खुट्टामा उभिन सकेको छैन। अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ। त्यसकारण भुगोल, शासक, प्रशासक, अर्थतन्त्रको कारणले संघीयता प्रणाली यो मुलुकमा काम नै छैन। देशले धान्न सक्दैन।ु

संघीयता आएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा जाने भनेर जनता अल्मलिएको उनले बताए। अहिले धेरै राजनीतिक पार्टीले हुँदो रहनछ भन्ने महशुस गरेको पनि उनले बताए।