Logo
२१ वैशाख २०८१, शुक्रबार

आज ‘माघे संक्रान्ति’, आम नेपालीमा शुभकामना

अक्षरपाटी
२०८० माघ १ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं। आज माघे संक्रान्ति । यस अवसरमा देशका विभिन्न भेग र समुदायमा यो पर्व आफ्नै परम्परा र सँस्कृति अनुसार मनाइने गरिन्छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन्। माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को अवसरमा राष्ट्रपति पौडेलले माघे संक्रान्तिलाई सदभाव र नेपालीहरुको वैभवको पर्वका रुपमा मनाइँदै आएको कुरा स्मरण गरेका छन्।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि माघे संक्रान्तिका अवसरमा आम नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

‘मकर संक्रान्ति÷माघे संक्रान्ति’ लाई नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रुपमा व्यख्या गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल— प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल रहेको स्मरण गराउँदै यहाँ विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता भएको उल्लेख गरेका छन्।

उनले यस अवसरमा एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा भएको स्मरण गराएका छन्।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएको विश्वास गरेका छन्।

माघे संक्रान्ति