Logo
१५ वैशाख २०८१, शनिबार

फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

अक्षरपाटी
२०८० चैत्र १३ , मंगलबार ०१:०३ मा प्रकाशित

काठमाडौं। फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ। फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

ुसलीनाु रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो फिल्मको सम्पूर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो।

यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म दाबी गरिएको छ। फिल्मका निर्देशक तेजस राज जोशी हुन्। फिल्म निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन्। शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा फिल्म सम्पादन गरेका हुन्।

सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन्।