


कैलाली । धनगढी पुगेर २४औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालको भर्ना गरिएको छ।
उनको रक्तचाप र रगतमा सुगरको मात्रा घटेपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिरएको हो। स्वास्यकर्मीको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने भएको छ।
केसीका सहयोगी डा. अमृत जैसीका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडडुल गर्न समस्या हुने भएको छ।
डा. गोविन्द केसीको अनशनविरुद्ध भने स्थानीयले विरोध प्रदर्शन गरेका छन्। अनशन स्थलमै पुगेर उनीहरुले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन्।
डा. गोविन्द केसी

