Logo
२३ भदौ २०८२, सोमबार

सेयर बजारमा हरियाली : ५ अर्ब ५५ करोडको सेयर कारोबार

अक्षरपाटी
२०८१ जेठ २९ , मंगलबार ०४:०६ मा प्रकाशित

काठमाडौं,२९ जेठ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेको थियो।

सेन्सेटिभ इण्डेक्स १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा अडिएको छ। यसदिन ३११ स्क्रिप्सको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकम सोमबारको तुलनामा बढेको हो। सोमबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर,ग्रिन भेन्चर,कुथेली बुखारी र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी हेवाखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो।कारोबार रकमका आधारमा ३६ करोड मूल्य बढिको सेयर कारोबार भयो। माउन्टेन इनर्जीको २३ करोड,ग्लोबल आईएमई लघुवित्त वित्तीय र जानकी फाइनान्सको १०-१० करोडको सेयर कारोबार भयो।

गोर्खाज फाइनान्सको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशत बढिले बढेको छ।

कारोबारमा आएका २०३ स्टकको मूल्य बढ्दा ४१ वटाको घट्यो भने २ समूहको मूल्य स्थिर रह्यो।