Logo
८ साउन २०८१, मंगलबार

निर्माणधीन नालामा पुरिएर ३ महिलाको मृत्युपछि कावासोती नगरपालिका तोडफोड

अक्षरपाटी
२०८१ जेठ ३२ , शुक्रबार ०२:०६ मा प्रकाशित


चितवन,३२ जेष्ठ ।पूर्वी नवलपरासीको कावासोती नगरपालिका तोडफोड भएको छ ।

बिहिबार कावासोतीमा निर्माणधीन नालामा पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा प्रर्दशनकारीले नगरपालिका तोडफोड गरेको हुन् ।

शुक्रबार झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका थिए ।
स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।

बिहीबार नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।