Logo
९ पुस २०८१, मंगलबार

सेयर बजार उक्लियो २४ सयको विन्दुमा, साढे १५ अर्बको कारोबार

अक्षरपाटी
२०८१ साउन ३ , बिहीबार ०३:०७ मा प्रकाशित

काठमाडौं, ३ साउन । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएर २४ सयको विन्दु उक्लिएको छ । १७ महिनापछि आज सेयर बजारले उक्त विन्दु छोएको हो ।

बिहीबार नेप्से परिसूचक ५४ दशमलव ६८ अंकले बढेर २४२४ दशमलव ३२ को विन्दुमा पुगेको छ । आज ३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड र हाइड्रोपावर सामान्य घट्दा ११ वटा बढेको छ । जसमा सर्वाधिक बढ्नेमा जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स कम्पनी रहेको छ । आज पाँच वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।