Logo
८ पुस २०८१, सोमबार

रास्वपाले आफूमाथिको गरेको कारबाही अवैधानिक भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

अक्षरपाटी
२०८१ साउन १३ , आईतबार ०१:०७ मा प्रकाशित

१३ साउन । रास्वपाले आफूमाथिको गरेको कारबाही अवैधानिक भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूमाथि गरेको कारबाही अवैधानिक रहेको भन्दै मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

असार २५ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । रास्वपाको उक्त निर्णय अवैधानिक भएको भन्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन् ।

ढकालले आफूमाथिको कारबाही राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार अवैधानिक दाबी गरेका छन् ।