काठमाडौं,१७ साउन । संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा प्रमुख तीन दलबीच सहमति भएको छ। आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए।
उनका अनुसार तीन दलका कार्यदलका बीचमा आजसम्म भएका सहमति र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने जानकारी दिए।
यसैगरी गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिला विषयमा सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले चाडै कार्यदलमा भएका सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदै समितिमा पठाउने बताए।
सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, पीडितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्ने लगायका विषयमा कार्यदलबीच सहमति भएको छ। कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रका उपमहासचिव शर्मा थिए।