काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार एक लाख ६५ हजार रुपैयाँमा उच्च मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ। यसदिन चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।