Logo
७ पुस २०८१, आईतबार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अक्षरपाटी
२०८१ कात्तिक २५ , आईतबार ०४:११ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो ।

लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

उनीमाथि प्रहरीले ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दैछ ।

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी