Logo
१८ कात्तिक २०८२, मंगलबार

एनपिएलमा लुम्बिनीको पहिलो जित

अक्षरपाटी
२०८१ मंसीर २५ , मंगलबार १२:१२ मा प्रकाशित

काठमाडौँ । जारी एनपिएलमा चितवन राइनोजमाथि लुम्बिनी लायन्सले जित निकालेको छ। कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनले लुम्बिनीलाई जित दिलाएको हो।

पौडेलले आजको खेलमा ८० रन प्रहार गर्नुका साथै ४ विकेट लिएपछि चितवन हार्न पुग्यो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्यलाई चितवनले पछ्याउने क्रममा १३४ रनमात्र बनाउन सक्यो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीमा पौडेलले ८० रन, सादबिन जाफरले ५२ रन बनाए।

ट्रेन्डिङ ( साप्ताहिक )