Logo
२८ फागुन २०८१, बुधबार

दिल्लीमा आज हुँदै छ नयाँ मुख्यमन्त्रीको घोषणा

अक्षरपाटी
२०८१ फागुन ७ , बुधबार ०४:०२ मा प्रकाशित

भारतको राजधानी सहर नयाँ दिल्लीमा बहुमत सिटमा चुनाव जितेको भारतीय जनता पार्टीले बुधबार नयाँ मुख्यमन्त्रीको नाम घोषणा गर्ने भएको छ। दिल्लीको ७० सिटको विधानसभामा ४८ सिट जितेको भाजपाले मुख्यमन्त्री चयन गर्न लागेको हो। २२ सिट भने यसअघि चुनाव जितेको आम आदमी पार्टीले जितेको छ।

नयाँ मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार दिउँसो भाजपा संसदीय दलको बैठक बसेको थियो। बैठकले रविशंकर प्रसाद र पार्टीका राष्ट्रिय सचिवसमेत रहेका ओमप्रकाश धनखडलाई दिल्ली विधानसभामा भाजपा दलको नेता चुन्न पर्यवेक्षक तोकेको छ। उनीहरुसहित साँझ ७ बजे बस्ने भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्ने भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

भाजपाकी रेखा गुप्ताको नाम मुख्यमन्त्रीको सूचीमा अग्रपङ्तिमा रहेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। हिन्दु स्वयंसवेक संघले उनको नाम प्रस्ताव गरेको बताइएको छ। त्यस्तै, आम आदमी पार्टीका संस्थापक प्रमुख अरविन्द केजरीवाललाई हराएका प्रवेश बर्मा पनि मुख्यमन्त्रीको प्रतिष्पर्धामा देखिएका छन्।

हालै सम्पन्न विधानसभा निर्वाचनमा भाजपाले आम आदमी पार्टीबिरुद्ध बहुमत सुनिश्चित गर्दै दिल्लीको सत्तामा आफूलाई फर्काएको थियो।

नयाँ दिल्ली