Logo
१४ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता

अक्षरपाटी
२०८० जेठ १८ , बिहीबार १२:०६ मा प्रकाशित

नयाँ दिल्ली। चार दिने भारत प्रमणका लागि बुधबार भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ।

वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, उर्जा व्यापार, सीमा विवाद र प्रवुद्ध समाजद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

यसअघि प्रधानमन्त्री दाहालले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए।

नयाँ दिल्ली पुष्पकमल दाहाल