काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक घर भएकी सन्तोषी डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा उनी इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी थिइन् ।
सन्तोषीको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ । उनी विसं २०७२ सालमा सशस्त्रको सिपाहीमा भर्ना भएकी थिइन् ।
सशस्त्र प्रहरी बल